सामुहिक लगानी कोषको Lock-In अवधि समाप्ती सम्बन्धी सूचना प्रकाशन सम्बन्धमा [KHPL]
Friday, September 18, 2026 on NEPSE News,
सामुहिक लगानी कोषको Lock-In अवधि समाप्ती सम्बन्धी सूचना प्रकाशन सम्बन्धमा [KHPL]
यस कलिन्चोक हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मिति २०८३/०१/०७ गते बाँडफाँड गरिएको मितिले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर मध्येको ५% ले हुन आउने रु. ४१,२५,००० (अक्षरेपी एकचालिस लाख पच्चिस हजार) रकम बराबरको ४१,२५० कित्ता शेयरको लक इन (Lock In) अवधि श्री नेपाल धितोपत्र बोर्डको मिति २०८०/०८/२५ गतेको पत्र संख्या ८०/८१ चलानी नं. १५२३ को पत्रबाट निर्देशन भए बमोजिम मिति २०८३/०७/०६ (सन् २०२६/१०/२३) मा समाप्त हुने व्यहोरा सम्पुर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सबै सरोकारवालाहरु लाई जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।
